धादिङबेशी । साकोष माविको ६१ औँ जन्मजयन्ती तथा खेलकुद समापन समारोह सम्पन्न भएको छ ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राकेश धमलाको अध्यक्षतामा सम्पन्न समारोहमा नेपाल नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता तथा टानका पुर्व अध्यक्ष तथा नेपाली काग्रेसका पुर्व सभापती रमेश धमलाको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शिवहरि सापकोटाको सहयोगमा विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई ट्रयाक सुट,टिसर्ट र बिनोद सापकोटाको सहयोगमा सवै बिद्यार्थीहरुलाई स्टेशनरी बितरण गरिएको थियो । कार्यक्रमको अवसरमा प्रमुख अतिथि द्धारा शिक्षक सम्मानका साथै बिद्यालयमा सहयोग गर्ने ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रमकै अवसर पारेर अस्कल क्याम्पसका उप प्राध्यापक केदार छत्कुली द्धारा साकोष रत्न छात्रावृद्धि अक्षयकोष निर्माणका लागी दश हजार नगद हस्तान्तरण गर्नु भएको छ । सोहि समारोहमा टानका पुर्व अध्यक्ष तथा नेपाली काग्रेस धादिङका पुर्व सभापती रमेश धमला तथा विब्यस अध्यक्ष राकेश धमलाले अक्षयकोष निर्माणका लागी १ लाख सहयोग गर्ने घोषणा गर्नु भएको छ ।
उक्त अवसरमा अन्तर बिद्यालय नृत्य प्रतियोगिता समेत सम्पन्न भएको छ । बिजेता प्रतियोगीहरुलाई नगद सहित पुरस्कार प्रदान गरिएको थियो । उक्त समारोहमा बिद्यालयको तर्फ बाट राष्टपति रनिशिल्ड प्रतियोगिता प्रतियोगितामा स्वर्ण पदक बिजेता बिनुता परियार र कास्य पदक बिजेता रोमन राना मगरलाई प्रंशसा पत्र पदान गरिएको साकोष माविका सुचना अधिकारी गोविन्द कोईरालाले बताउनु भयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |