धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ४ मा रहेको बराह कालिका माध्यामिक विद्यालयमा जलवायु परिवर्तन र प्लास्टिकको प्रयोगमा न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम संचालन गरिएको छ । युवा रेडक्रस सर्कल बराह कालिका मा.विको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी र रेडक्रस अन्तराष्ट्रिय महासंघको आर्थिक सहयोगमा मंगलबार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा युवा स्वयंसेवक राजन अधिकारीले मौसम परिवर्तनसँग सम्बन्धित रहेर प्लाष्टिकको कमी कसरी गर्न सकिन्छ भन्ने विषयमा सचेतना सहितको कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा बराह कालिका माध्यामिक विद्यालयकाका युवा नेतृत्वहरु, जुनियर युवा रेडक्रस सर्कल, बाल क्लव, साहित्य मन्च तथा किशोरी समुह गरी ५० जना भन्दा बढीको सहभागीता रहेको थियो।
विषेश गरी युवाहरुलाई लक्षित गरि विश्वभरी भइरहेको जलवायु परिवर्तनलाई आफ्नो समुदाय स्तरबाटबाट न्युनिकरण गर्नको लागी परिवर्तक“ः The Changemaker क्यानपियन संचालन गरिएको हो ।
यस अभियानमा देशै भरिका युवाहरुलाई प्रोत्साहन गरी विश्वभरी भइरहेको जलवायु परिवर्तनलाई आफ्नो समुदाय स्थर बाट न्युनिकरण गर्नको लागी नयाँ नयाँ अवधारणा सहित कार्य गर्न प्रेरित गर्दछ ।
यस क्यानपियनले विश्व भर भइरहेको जलवायु परिवर्तनलाई न्यूनिकरण गर्नको लागी युवाहरु मार्फत समुदाय स्तरमा जनचेता मुलक कार्यहरू गरी सबैलाई सचेत गराउन महत्वपूर्ण भूमिका रहन्छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |