धादिङबेशी । धादिङको उत्तरी भेगमा रहेको किन्ताङफेदीमा निर्माणाधिन बेलीब्रिज सम्पन्न गर्नको लागी खनियाबास गाउँपालिका र नेत्रावती डवजोङ गाउँपालिका बिच जिटुजी सम्झौता भएको छ ।
बेलीब्रिज बनाउने कार्य तत्काल सम्पन्न गर्ने उदेश्यले आज दुई पालिका बिच लिखित सम्झौता भएको हो । सम्झौता पत्रमा नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजाल,प्रमुख प्रशाशकीय अधिकृत हरेराम शाह र खनियाबास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङ, उपाध्यक्ष सेक्केमान तामाङ र निमित्त प्रमुख प्रशाशकीय अधिकृत नवराज श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
करिव १ करोडको लागतमा सम्पन्न गर्न लागिएको उक्त पुलको हाल ४० प्रतिशत काम सम्पन्न भैसकेको छ । पुल निर्माण सम्पन्न भएपछि उत्तरी भेगका जनताले ठुलै राहत पाएको महशुष गर्नेछन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |