धादिङबेशी । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको आयोजनामा धादिङ जिल्लास्थित राष्ट्रसेवक कर्मचारीहरुलाई तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न गरिएको छ । श्रीवन नेचर क्याम्प, सिद्धलेकमा माघ १९ र २० गते उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्री नाथ गैर्हे, प्रहरी उपरीक्षक गौतम मिश्र,कर्मचारी मिलन केन्द्रका अध्यक्ष श्री बिष्णु प्रसाद आचार्य, धादिङ अस्पतालका नि. प्रमुख मे.सु.डा. सुरेन्द्र भट्ट,स्वास्थ्य कार्यालय प्रमुख श्री विभु झालगायत करिब ४५ जना राष्ट्रसेवक कर्मचारीहरुहरूको उपस्थिति रहेको थियो ।
सो क्रममा कार्यालय व्यवस्थापनमा कर्मचारीहरूलाई पर्ने मानसिक तनाव र त्यसले निम्त्याउने अरू समस्याहरू जस्तै शारीरिक थकान, भावनात्मक असन्तुलन, लगायत अन्य शरीरमा पर्ने प्रतिकुल असरको बारेमा योग र ध्यान तथा आधुनिक स्वास्थ्य विज्ञानले गरेको खोजहरूको बारेमा चर्चा परिचर्चा गरिएको थियो । सो कार्यक्रमका प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी श्रीमान् बद्री नाथ गैर्हेले आजको युगमा सन्तुलित जीवनका लागि जीवनशैलीको व्यवस्थापन गर्नु नै सबैभन्दा उत्तम उपाय बताउनु भयो ।
कार्यक्रमको सभापति जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका कार्यालय प्रमुख डा। अमूल्य दाहालले आजको हतारिएको मनुष्य तनाव र विषादले ग्रस्त रहेको भन्दै त्यसले अनेकौँ मनोविकार सृजना गरेको वर्तमान अवस्थामा प्रत्येक दिन समग्र स्वास्थ्यका लागि अत्यावश्यक उचित व्यायाम, स्वास्थ्य भोजन, ध्यान, राम्रो परिवेश, इमानदारिता, आनन्द जीवनशैलीका उपायहरू एवं आयुर्वेदीय जीवनशैली कसरी अवलम्बन गर्ने कलाको बारेमा बताउनु भयो ।
त्यस्तैकर्मचारी मिलन केन्द्रका अध्यक्ष एवं डिभिजनल बन अधिकृत श्री बिष्णु प्रसाद आचार्यले जस्तोसुकै अवस्थामा पनि प्रत्येक दिन शान्त र उर्जावान रहनको विकल्प नरहेको भन्दै व्यस्त जीवनमा संसार र अध्यात्म जोड्ने नियमित रूपमा योग र ध्यानले स्वयममा रूपान्तरण हुने कुरा बताउनु भयो ।
कार्यक्रममा भोजन व्यवस्थापन, आयुर्वेद जीवनशैली, योग,प्राणयाम र ध्यानका विविध विधिहरुको बारेमा सैदान्तिक एवम प्रयोगात्मक सेसन संचानल भएको थियो । कार्यक्रमका संचालन प्रकाश सापकोटाले गर्नुभएको थियो भने स्वागत मन्तब्य रमेश प्रसाद पनेरुले राख्नुभएको थियो ।
यहि कार्यक्रमको दोस्रो चरण धादिङबेशीमा हुने र सो कार्यक्रमा अन्य राष्ट्रसेवक कर्मचारीहरुलाई समाबेश गराईने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका सुचना अधिकारी प्रकाश सापकोटाले नीलकण्ठ एफ.एम.लाई बताउनु भयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |