धादिङबेशी । नीलकण्ठ नगरपालिकाको दोश्रो नगरसभाको चौथो अधिवेशन सम्पन्न भएको छ । नगर सभामा नगर प्रमुख भीम प्रसाद ढुंगानाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमको समिक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी उप प्रमुख दिपक विश्वकर्माले गत आर्थिक वर्ष २०७९/८० को यथार्थ आय र व्याय तथा चालु आर्थिक वर्ष २०८०/०८१ कोे शंसोधित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी नीलकण्ठ नगरपालिकाले १९ औ एसियन खेलकुदमा रजत पदक विजेता नीलकण्ठ १३ निवासी एरिका गुरुङ र जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण विजेता खेलाडीलाई नगद सहित सम्मान गरेको छ । गत असोज २० गते चीनमा भएको एसियाली खेलकुद (एसियाड) मा एरिकाले ६८ केजी तौल समूह कराँतेमा नेपालका लागि रजत पदक जित्न सफल भएकी थिईन ।
नीलकण्ठ नगरपालिकाको दोश्रो नगर सभाको चौथो अधिवेशनको अवसमा मेयर भिम प्रसाद ढुङ्गानाले एरिका गुरुङलाई नगद २५ हजार र नीलकण्ठ नगरपालिकाबाट जिल्लाको राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण ल्याउने खेलाडहरुलाई जनही १–१ हजारले सम्मान गर्नुभएको हो । माघ १६ गते सम्पन्न १३ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नीलकण्ठ नगरपालिकाबाट २४ जनाले स्वर्ण पदक जितेका थिए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |