काठमाडौँ, २९ माघ
गृह मन्त्रालयले आगामी फागुन १ गते निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको स्पष्ट पारेको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आज एक सूचना जारी गर्दै सर्वोच्च अदालतको फैसलाका आधारमा मन्त्रिपरिषद्को निर्णयानुसार गत फागुन २ गते राजपत्रमा प्रकाशित बिदा कायम नरहेको जानकारी दिनुभयो ।
सरकारले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने घोषणा गरेको थियो । सर्वोच्च अदालतले उक्त दिन सार्वजनिक बिदा नदिन सरकारलाई आदेश दिएको थियो । यही माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको आदेशअनुसार फागुन १ गते बिदा कायम नगर्ने निर्णय गरेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |