धादिङ,११ चैत
नीलकण्ठ नगरपालिका वडा नम्बर १२ घैटें चौतारामा कृष्ण मन्दिरको शिलान्यास गरीएको छ । आज एक कार्यक्रमका बीच वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी(राजकुमार)ले शिलान्यास गर्नुभएको हो ।बागमती प्रदेश सरकारको १० लाखको लागतमा मन्दिर निर्माण गर्न लागिएको हो । जिर्ण रहेको मन्दिरलाई थप व्यवस्थित गर्नको लागि मन्दिर निर्माण गर्न लागिएको वडा अध्यक्ष भण्डारीले बताउनुभयो ।
वडा भित्र रहेको धार्मिक तथा ऐतिहासिक स्थानहरुको संरक्षण गर्नको लागि वडाले काम गरीरहेको बताउनुभयो । वडा नम्बर १२ मा रहेको पशुपती मन्दिर,कुमाल गाउँमा रहेको देवी मन्दिर,कृष्ण मन्दिर लगायत धार्मिक स्थलहरुको संरक्षण तथा प्रचार प्रसार गर्नको लािग वडाले काम गरीरहेको बताउनुभयो । आगामी जेठ दोस्रो साता सम्म मन्दिर निर्माण गरीसक्ने लक्ष्य रहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |