धादिङ,१९ बैशाख
नीलकण्ठ नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा विद्यालय व्यवस्थापन पदाधिकारीहरुको लागि आयोजित दुई दिने क्षमता विकास तालिम सुरु भएको छ । सामाजिक विकास समितिका संयोजक चिनामाया श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा नीलकण्ठ नगरपालिका नगर उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको विशेष आतिथ्यता रहेको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका सललाहकार दिपक कोईराला, शिक्षा अधिकृत प्रकाशदत्त भट्ट, शिक्षा शाखाका कृष्ण लम्साल सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका बागमती प्रदेश महासचिव श्याम बहादुर मगराती लगायतको आतिथ्यता रहेको थियो ।
आजदेखी सुरु भएको तालिममा २५ वटा सामुदायिक विद्यालय र ५ वटा नीजि विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,शिक्षक अभिभावक संघका अध्यक्षको सहभागिता रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगर उप प्रमुख दिपक विश्वकर्माले नीलकण्ठ नगरपालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरीरहेको बताउनुभयो ।
नीलकण्ठ नगरपालिकाले शिक्षा सुधारका गतिविधिहरुमा साथ दिनको लागि आग्रह गर्नुभयो ।तालिमको पहिलो दिन आज श्याम मगराती,नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोईराला र मनोपरामर्शकर्ता रामकुमार थापाले सहजिकरण गर्नुभएको थियो । भोली सम्म सन्चालन हुने तालिममा विद्यालयमा अभिभावकको सहभागिता अवधारणा र अभ्यास,विद्यालयमा अभिभावक सहभागिता किन ?विद्यालय व्यवस्थपन समितिको काम कर्तव्य,अधिकार र विद्यालय गुणस्तरइ शिक्षामा विद्यालय व्यवस्थपन समितिको भुमिका लगायतको विषयमा छलफल हुनेछ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |