धादिङ, २९ बेशाख ।
नीलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको कर्णेश्वर माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ । विद्यालयको आयोजना तथा लाइनस क्लब अफ नेपाल हाइलाईट सोह्रखुटे काठमाडौको सहयोगमा २२० जना विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो ।
कर्णेश्वर माध्यामिक विद्यालयमा ग्रामीण भेगबाट अध्ययन गर्न आउने छात्र÷छात्राहरुको शैक्षिक गुणस्तर सुधार तथा विद्यालयमा पोशाकमा एक रुपता ल्याउने उद्धेश्यको साथ विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक बिष्णुहरि अधिकारीले बताउनुभयो ।
पोशाक वितरण ककार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि नीलकण्ठ नगरपालिका वडा नं ७ का वडा अध्यक्ष गौतमहरी अधिकारीले नीलकण्ठ नगरपालिकाले शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा विभिन्न काम गरिहेकको बताउनुभयो । स्थानिय सरकार भएको अनुभुती हुने ढंङ्गले विकासको काम अघि बढेको उहाँले बताउनुभयो ।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै विषेश अतिथि समेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले विद्यालय पोशाक वितरण गरेको लाइनस क्लब अफ नेपाल हाइलाईटलाई धन्यवाद दिनुभएको छ । उहाँले आगामी दिनहरुमा पनि विद्यालयकोे शैक्षिक गुणस्तर, भौति सुधार र विभिन्न अतिरिक्त क्रियाकलापहरुको निम्ति आवश्यक सहयोग गरिदिनुहुन अनुरोध गर्नुभएको छ ।
बिद्यालयका प्रधानाध्यापक बिष्णुहरि अधिकारीको अध्यक्षतामा भएको पोशाक वितरण कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नं ७ का वडा अध्यक्ष गौतम हरी अधिकारीको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको विषेश आतिथ्यता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |