धादिङ,११ जेठ
अशोक ईन्टरप्राईजेजको आयोजनामा धादिङबेसीमा एक दिने कुखरा पालन सम्बन्धी तालिम सम्पन्न भएको छ ।अशोक ईन्टरप्राईजेज धादिङको आयोजना तथा भ्याली ग्रुपको प्राविधिक सहयोगमा ईन्टरप्राईजेज सँग आवद्ध रहेका ९८ जना व्यवसायिहरुलाई तालिम प्रदान गरिएको हो । धादिङबेशी सिरानबजारमा रहेको अशोक ईन्टरप्राईजेजले हरेक छ/छ महिनामा कुखुरा पालन तालिम सन्चालन गर्दै आईरहेको छ ।तालिममा भ्याली ग्रुप अन्तरर्गतका टेक्निकल कन्सलटेन्ट डा.सक्षम पाण्डे, डा.अरविन्द्र श्रेष्ठले ब्रोइलर कुखुराको व्यवसाय गर्दै आएका व्यवसायिहरुलाई ब्रोइलर कुखुरा पालन सम्बन्धी तालिम प्रदान गर्नुभएको थियो ।
तालिममा खोर व्यवस्थाप,यसको चरण,खोरको तापक्रम कसरी व्यवस्थापन गर्ने,चल्ला हुर्काउनको लागि के के कुरामा ध्यान दिने, कुखुरामा लाग्ने रोग र त्यसको औषधीको जानकारी गराउनुभएको थियो ।कुखुरा पाल्ने किसानहरुलाई ब्यवसायीक क्षमता अभिवृद्धि गर्ने उदेश्यले ६÷६ महिनामा यस किसिमको तालिम आयोजना गर्ने गरिएको अशोक ईन्टरप्राईजेजका प्रोपाईटर अशोक बस्नेतले बताउनुभयो।अशोक ईन्टरप्राईजेजले हरेक बर्ष आफ्ना किसानहरुलाई कुखुरा पालन सम्बन्धि तालिम संचालन गर्दै आएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |