धादिङ,१५ जेठ
नीलकण्ठ नगरपालिकाको आयोजनामा सोमबार देखी विषयगत शिक्षकहरुको लागि आयोजित दुई दिने क्षमता विकास तालिम सुरु भएको छ । आधारभुत तह गणित,विज्ञान,अग्रेजी विषय शिक्षकहरुका लागि Item Analysis तथा वर्तमान विद्यालय मुल्यांकन सम्बन्धी दुई दिने क्षमता विकास तालिम सुरु भएको हो । नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
उद्घाटन सत्रमा शिक्षा शाखा प्रमुख प्रकाशदत्त भट्ट,शिक्षा शाखाका प्राविधिक सहायक कृष्ण लम्साल लगायतको आतिथ्यता रहेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगर उप प्रमुख दिपक विश्वकर्मा नीलकण्ठ नगरपालिकाले ठुलो बजेट शिक्षा क्षेत्रमा बिनियोजन गर्ने बताउनुभयो।शिक्षा क्षेत्रको विकासको लागि सिंगो कार्यपालिका सकारात्मक रहेको भन्दै परिणाम आउने गरी काम गर्नको लागि शिक्षकहरुलाई आग्रह गर्नुभयो।
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तमम सुवेदीले स्थानीय सरकारले शिक्षा क्षेत्रमा ठुलो काम गरीरहेको बताउनुभयो ।सामुदायिक शिक्षा सुधार गर्न नसकेकोे आरोपलाई चिर्नको लागि शिक्षकहरुलाई आग्रह गर्नुभयो । नीलकण्ठ नगरपालिकाले शिक्षा क्षेत्र सुधारको लागि धेरै काम गरीरहेको भन्दै उहाँले सामुदायिक विद्यालय प्रति अभिभावकहरुको विश्वास बढ्ने गरी काम गर्नको लागि शिक्षकहरुलाई आग्रह गर्नुभयो।
दुई दिन सम्म सन्चालन हुने तालिममा आधारभुत तहको परीक्षा सन्चालनका लागि प्रश्नपत्र निर्माण कसरी गर्ने,वर्तमान विद्यार्थी मुल्यांकन पद्धतिमा क्षमता विकास गर्ने,विषयगत प्रश्नपत्र निर्माण बृद्धि गर्ने,प्रश्नपत्रमा हुनुनर्पे गुण विकास गर्न मद्धत गर्नु,विशिष्टिकरण तालिका र प्रयोग क्षमता विकास गर्नु र शिक्षकहरुको दक्षता विकास गर्ने उदेश्यले तालिमको आयोजना गरीएको स्रोत व्यक्ति मेघनाथ कोइरालाले जानकारी दिनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |