धादिङबेशी । नीलकण्ठ नगरपालिकाका वडा नं ७ का जनप्रतिनिधि, वडामा कार्यरत, कर्मचारी, बालक्लब संजालका पदाधिकारी तथा सरोकारवालाहरुको लागि बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला बुधबार सम्पन्न भएको छ ।
नगरपालिकाले वडाहरुलाई बालमैत्री वडा घोषणाको लागि सबै सरोकारवालाहरुलाई बालमैत्री अभियानमा सहभागी गराई बालमैत्री नगरपालिका घोषणा गर्ने अभियानलाई तिब्रता दिईएको निलकण्ठ नगरपालिका सामाजिक शाखा प्रमुख उर्मिला थपलियाले जानकारी दिनु भयो ।
नगरपालिकामा बालमैत्री स्थानीय शासनको ५१ वटा सुचकहरु पुरा गर्दै क्रमागत रुपमा वडा तथा पालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने अभियानमा रहेको समेत बताउनु भयो । निलकण्ठ नगरपालिका वडा नं ७ का कार्यवाहक वडाध्यक्ष राजन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा महिला बालबालिका शाखा प्रमुख उर्मिला थपलिया , सबै वडा सदस्यहरु, वडाभर रहेका बिद्यालय प्रधानाध्यापक, प्रतिनिधीहरु , विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, स्वास्थ्य संस्था प्रमुख , सहकारीका प्रतिनिधिहरु , टोलसुधार संस्थाका अध्यक्षहरु,महिला समुह,बालक्लब संञ्जालका प्रतिनिधिहरु तथा अन्य सरोकारवालाहरु समेत गरि वडा नं. ७ स्थित वडाको सभा हलमा भएको कार्यक्रममा ३९ जनाको सहभागीता रहेको थियो ।
बालमैत्री स्थानीय शासनको अवधारणा कार्यान्वयन रणनीति सम्बन्धि ज्ञान ,सीप तथा क्षमता अभिबृद्धिको मार्फत घर परिवार,टोल बस्ती ,वडा हुँदै पालिकालाई नै बालमैत्री बनाउन अभियानलाई सार्थकता दिने उद्धेश्य पूरा गर्न वडा तहका सम्बन्धित सरोकारवालाहरुको लागि अभिमुखिकरण गरिएको महिला बालबालिका शाखाका निर्मला केसीले बताउनु भयो ।
अभिमुखिकरण कार्यक्रममा बालमैत्री स्थानीय शासन अबधारणा, बालमैत्री नगरपालिकाको लागि बालबालिका सम्बन्धि कार्यान्वयन निर्देशिका २०७८ अनुसारको कार्यान्वयनका तहगत खुड्किलाहरु, बालमैत्री स्थानीय शासनको ५१ वटा सुचकहरु, बिद्यालय तथा समुदाय तहमा बाल समूह गठन,पुर्नगठन ,बालभेला तथा समुदाय बालबालिकामा आवाज सुनिने संस्थागत व्यवस्था ,लगानी योजना,बजेट लगायत बिषयमा बाल अधिकार अभियान्ता तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियो ।
अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले बालमैत्री स्थानीय शासन कार्यान्वयनमा सहकार्य गर्ने सामुदायिक प्रतिबद्धता गरेका छन् । अभिमुखिकरण कार्यक्रम कै क्रममा बालमैत्री स्थानीय शासन निर्देशिका २०७८ बमोजिम नीलकण्ठ नगरपालिका वडा नं. ७ को वडाध्यक्षको अध्यक्षतामा १५ सदस्यीय बालमैत्री स्थानीय शासन वडा स्तरीय बालमैत्री स्थानीय शासन समिति गठन गरिएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |