धादिङबेशी । सहकारी आन्दोलनलाई जगाउन संचारमाध्यमको भुमिका महत्वपूर्ण हुने नीलकण्ठ नगरपालिकाका उप-प्रमुख दिपक बिश्वकर्माले बताउनु भएको छ । धादिङ संचार सहकारी संस्था लि.को एघारौँ बार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उप- प्रमुख बिश्वकर्माले सो कुरा बताउनु भएको हो ।
साधारणसभाको उद्घाटन सत्रमा सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि समेत रहनुभएको नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले सामुहिक भावना, सामुहिक आर्थिक स्थिती, सामुहिक अस्तित्वको भावनालाई कमजोर पारेर आफ्नो मात्र फाईदा पु¥याउन चाहने पुंजीवादी शक्तीहरु बिरुद्ध लड्दै सहकारी आन्दोलनलाई साथ दिन पत्रकारहरुलाई आग्रह समेत गर्नुभयो । उहाँले स्थानिय सरकार सहकारीहरु संग हातेमालो गरेर अगाडी बढ्न तयार रहेको समेत बताउनु भयो ।
साधारणसभामा संस्थाका महासचिव अर्जुन कुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ कोे प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८१/२०८२ को प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष रेख बहादुर गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्व सहमत पास गरिएको छ ।
संस्थाका अध्यक्ष बद्री अधिकारीको अध्यक्षतामा भएको साधारण सभामा नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता तथा नेपाल सुचना तथा सचार केन्द्रिय सहकारी संघका लेखा समितिका संयोजक राजेन्द्र कु. बस्नेतको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका धादिङ शाखाका सभापती राजाराम शर्मा,संस्थाका सल्लाहकार तथा पुर्व अध्यक्ष पोषनाथ अधिकारी लगाएतको आतिथ्यता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |