धादिङ,१० असार ।
धादिङको नेत्रावती डवजोङ गाउँपालिकाको नवौ गाउँसभा सम्पन्न भएको छ। गाउँसभाले आगामी आर्थिक वर्ष २०७८/०७९ को को नीति कार्यक्रम सर्व सम्मत रुपमा पारित गरेको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि पूर्वाधार तथा संरचना विकास,स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको छ। गाउँपालिका अध्यक्ष दुर्गकुमार शाक्यले गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकको विकासका लागि पूर्वाधार तथा संरचना विकास,कृषि र पर्यटनलाई प्राथमिकता राखिएको बताउनुभयो ।
यस्तै कोभिड प्रतिकार्य तथा विपद् व्यवस्थापन, कोरोना रोकथाम तथा उपचार,स्वास्थ्य तथा आरोग्यता,शैक्षिक विकास तथा सुधार लैंगिक तथा सामाजिक समावेशीकरण र लक्षित वर्ग,खानेपानी सरसफाई,स्वच्छ तथा नविकरणीय उर्जा लगाएतको क्षेत्रलाई प्राथमिकतामा राखीएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्यामकृष्ण पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष उर्मीला तामाङ(गुरुङ)ले बजेट प्रस्तुन गर्नुभएको थियो । कार्यक्रममा पाँच वटै वडाका वडाध्यक्षहरु,कार्यपालिका सदस्य तथा कर्मचारी लगाएको सहभागिता रहेको गाउँपालिकाका सूचना अधिकारी तथा स्वास्थ्य प्रमुख कृष्ण बद्रि पौडेलले बताउनुभयो ।
यस्तो छ,आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम
नेत्रावती डबजोङ गाउँपालिका
सेमजोङ, धादिङ
वार्षिक निति तथा कार्यक्रम
आ.व.२०७८र०७९
२०७८ असार १० गते
नेत्रावती डबजोङ गाउँपालिकाको गाउँसभाका सभाध्यक्ष, गाउँसभा सदस्य ज्यूहरु, अतिथि ज्यूहरु, सम्पुर्ण कर्मचारीहरु तथा उपस्थित सम्पुर्ण बुबा, आमा, दाजु भाई तथा दिदीवहिनीहरुमा हार्दिक आभार व्यक्त गर्दछु ।
संघीयताको मर्म तथा नेपालको संविधान २०७२ बमोजिम स्थानीय सरकार सञ्चालन भएको चार बर्ष पुरा भइसकेको यो समयमा हामी यहाँ आगामी आ/व/ २०७८/७९को नीति तथा कार्यक्रम प्रस्तुत गर्दछौ । यो चौँथो बर्षमा स्थानीय सरकार सञ्चालन गर्न सहयोग पुर्याउनुहुने सम्पूर्ण जनप्रतिनिधिहरु, कर्मचारीहरु, राजनैतिक दलका प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु, शिक्षकहरु, पत्रकारहरु र नागरिकहरुमा हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ । आगामी दिनमा पनि यस्तै सहयोग, सुझावको अपेक्षा गर्दछौं ।
स्थानीय सरकारको आवधिक समयको अन्तिम बर्षमा जनताका अपेक्षा तथा हाल सम्मको विकास निर्माण तथा सेवा प्रवाहलाई पक्कै पनि यहाँहरुले मूल्यांकन गर्नु भएको छ । मलाई लाग्छ, आम सर्वसाधारण जनताले परिवर्तनको महसुस गर्नुभएको छ । हामी निर्वाचित भएर आए पश्चात् भएका भौतिक, सामाजिक, प्रशासनिक, आर्थिक परिवर्तनमा यस गाउँपालिकाबासी नागरिकहरुको अहमं भूमिका छ ।
नेपाल सरकारले स्थानीय तह क्षमता मूल्यांकन कार्यविधि, २०७७ ९ीक्ष्क्ब्०तयार गरि सो अनुरुप प्राकृतिक स्रोत तथा वित्त आयोगबाट स्थानीय तहमा बजेट बाडँफाड गर्ने नीति लिइए बमोजिम हामीले पनि उक्त परिधि भित्र रही हाम्रो सिमीत स्रोत साधनबाट जनताका महत्वपूर्ण अपेक्षालाई अन्तिम बर्ष भए पनि समेट्नु पर्ने चुनौती छ । तथापि ”गाउँगाउँमा सिंहदरवार’ भन्ने गरेको भनाई जस्तै स्थानीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने सेवा सर्वसाधारण समक्ष पुर्याई सहज रुपमा आवधिक निर्वाचन मार्फत् नयाँ नेतृत्व हस्तान्तरण गर्नु पर्ने चुनौती र अवसर समेत हामीलाई प्राप्त भएको अवस्था छ । हाल सम्म प्राप्त राजनैतिक, सामाजिक, सांस्कृतिक तथा भौतिक उपलब्धिहरुलाई संस्थागत गर्दै यस ४ बर्षे कार्यकालमा भएका कमी कमजोरीलाई सच्याउँदै बाकीँ अवधिमा सहकार्य, समन्वयका साथ गाउँपालिकालाई अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्दछौँ ।
उपस्थित सम्पूर्ण महानुभावहरुः
अब म यस नेत्रावती डबजोङ गाउँपालिकाको चालु आ।व। २०७७र०७८ मा सम्पादित क्रियाकलापको मुख्य मुख्य छोटकरी रुपमा समिक्षा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
अब म आ।व। २०७८र०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
उपस्थित सम्पूर्ण गाँउ सभा सदस्य ज्यूहरु,
क. पूर्वाधार तथा संरचना विकासः
ख. आर्थिक विकास
कृषि विकास तथा सहकारी
ग. सामाजिक विकासः
शिक्षा युवा तथा खेलकुद
स्वास्थ्य सम्बन्धी नीतिः
लक्षित वर्ग महिला, बालबालिका तथा अन्य
घ. खानेपानी तथा सिंचाई
ङ. पर्यटन क्षेत्र
च. वातावरण तथा विपद व्यवस्थापन
छ.सूचना प्रविधि, संस्थागत सेवा प्रवाह र सुशासन
उपस्थित सम्पूर्ण गाँउ सभा सदस्य ज्यूहरु,
अन्त्यमाः
अघिल्ला आ.व.हरुमा उल्लेख गरिएका नीति तथा कार्यक्रमहरु पुरा नभएसम्म निरन्तरता दिने प्रतिवद्धता जनाउदै यस गाउँपालिकाको बजेट निर्माण, नीति कार्यक्रम र निर्णय कार्यान्वयन प्रक्रियामा सहयोग पुर्याउनु हुने सम्पूर्ण जनप्रतिनिधिहरु, कर्मचारीहरु, सेवाग्राही तथा गाउँपालिकाबासी सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
दुर्ग कुमार शाक्य
अध्यक्ष
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |