धादिङबेशी । धादिङबेशीबासीले खाँदै आएको खानेपानीको मुहानमै पानी धमिलो आएको छ । बिगत ५ दिन देखि धारामा धमिलो पानी आउन थालेपछि बिहिबार बिहान नीलकण्ठ नगरपालिका वडा न ३ का वडा अध्यक्ष राजककुमार श्रेष्ठको नेतृत्वमा उक्त क्षेत्रको अनुगमन गर्दा मुहानबाटै धमिलो पानी आएको पाईएको हो ।
बिहिबार बिहान मुहान भन्दा ५०० मिटर माथि सम्म पुग्दापनि पहिरो समेत नगएको देखिएकोले पानी के कारणले धमिलो आएको हो पत्ता लगाउन गाह्रो भएको छ । उक्त क्षेत्रको खोलानालामा पानी सङ्ग्लो आएको तर मुहानमा अझै पनि पानी धमिलो नै आईरहेको अनुगमनमा संग्लन वडा अध्यक्ष राजुकमार श्रेष्ठले नीलकण्ठ एफ.एम.लाई बताउनु भयो ।
बजारबासीले खानेपानी पिउनमा समस्या भएको भन्दै ब्यापक गुनासो गरेपछि वडा अध्यक्ष श्रेष्ठले खानेपानीका कर्मचारी लिएका एकाबिहानै अनुगमनमा गएका थिए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |