धादिङ,२६ भाद्र ।
धादिङमा यस वर्षको संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । दिवस मनाउन जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको अध्यक्षतामा मूल समारोह समिति समेत गठन गरिएको छ ।
२०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको ऐतिहासिक दिनलाई सदाझैँ स्मरणीय र हर्षोल्लासका साथ दिवस मनाउन समिति गठन गरिएको हो ।
जिसस प्रमुख नवराज अधिकारीको अध्यक्षतामा मंगलबार बजेको संयुक्त बैठकले मूल समारोह समिति गठनसंगै विभिन्न कार्यक्रमहरु गर्ने निर्णय पनि भएको छ ।
संविधान दिवस मनाउने कार्यक्रम अन्तरगत आगामी असोज २, ३ र ४ गते तीन दिनसम्म सबै सरकारी कार्यालय, संघ÷संस्था तथा अन्य कार्यालयहरुमा दीपावली गर्ने लगायत कार्यक्रम गर्ने तथा असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरेको हो ।
समितिले जिल्लास्तरमा गरिने कार्यक्रम अन्तर्गत नीलकण्ठ नगरपालिकाको संयोजनमा झाँकी प्रदर्शन गर्ने, राजनीतिक पार्टीहरुले वृहत ¥याली प्रदर्शन गर्ने, रेडक्रस सोसाइटीको संयोजनमा रक्तदान कार्यक्रम आयोजना गर्ने र नेपाल पत्रकार महासंघको संयोजनमा धादिङका सञ्चार माध्यमहरुमा संविधानका विषयमा केन्द्रित विशेष अन्तर संवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकमा जिल्ला समन्वय समितिका पदाधिकारीहरु, प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुखहरु, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुख एवम् प्रतिनिधिहरु, सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |