धादिङ, ९ कात्तिक ।
धादिङको थाक्रे गाउँपालिका–६ स्थित १० किलोमा विद्युतीय भ्यान दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् ।
काठमाडौँबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३०–च ७६५९ नम्बरको विद्युतीय भ्यान अनियन्त्रित भई सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए ।
घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । घाइते सबैको महादेवबँेसी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु एउटै परिवारको रहेको बताइएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |