धादिङ,१५ मंसिर
नीलकण्ठ नगरपालिकाका नगर प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले मरणघाट र पशुपति मन्दिर व्यवस्थापन गर्ने बताउनु भएको छ । बालाचतुर्दशी(शतबीज छर्ने) मेला तथा बृहत धार्मिक कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले नीलकण्ठको मुटुमा रहेको पशुपति मन्दिरलाई धार्मिक क्षेत्रको रुपमा विकास गर्ने कार्यपालिकाले निर्णय गरेको बताउनुभयो ।यस आर्थिक बर्षमा मात्र मरणघाट निर्माण गर्न र मन्दिर व्यावस्थापन गर्नको लागि मात्र ४५ लाख रुपैँया बिनियोजन गरेको बताउनुभयो ।
यसै चालु आर्थिक बर्षमा ठेक्का लाग्ने गरी काम हुने भन्दै उहाँले शतबिज छर्ने स्थानमा समेत ढलान गर्ने बताउनुभयो । आफु मेयर भईसकेपछि ३३ लाख रुपैँया बिनियोजन गरेर २ वटा भवन र शिव लिङ्ग स्थापना गरिसकेको बताउनुभयो ।मेयर पदमा निर्वाचन भईसकेपछि यसै मन्दिरबाट बिजयी ¥याली सुरुवात गरेको भन्दै उहाँले नगर भित्र रहेको धार्मिक स्थलहरुको पुनःनिमार्ण तथा आर्थिक सहयोग गर्ने बताउनुभयो ।
नीलकण्ठ नगर पालिका भित्र रहेको भैरवी माई मन्दिर सँगै पशुपति मन्दिरलाई पनि प्रचार प्रसार गरी धार्मिक पर्यटन प्रवद्र्धनको लागि काम गर्ने नगर प्रमुख ढुंगानाले बताउनुभयो । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी(राजकुमार)को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेसका पुर्व सभापति रमेश धमला, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे,प्रहरी प्रमुख दिपेन्द्र शाही, नेपाल नगरपालिका संघका सल्लाहकार सरोज अधिकारी,नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोईराला लगायतको विशेष आतिथ्यता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |