धादिङबेशी । निजी स्तरबाट संचालित शहीद मेमोरियल अस्पलातको बृहद बिशेषज्ञ सेवामा २३० जना सेवाग्रही लाभान्वित भएका छन् ।
नयाँ ब्यवस्थापनको औपचारिक सेवा सुभारम्भको अवसर पारेर शहीद मेमोरियल अस्पतालले काठमाण्डौका बिभिन्न अस्पतालमा कार्यरत बिशेषज्ञ चिकित्सक झिकाई आज बिशेषज्ञ सेवा संचालनमा ल्याएको थियो ।
अस्पतालले संचालन गरेको बिशेषज्ञ सेवामा भिडियो एक्सरेमा ४३ जना,मुटु रोग बिशेषज्ञ सेवा ईकोमा ४४ जना,मानसिक सेवामा २६ जना,बालरोगमा २५ जना,स्त्री रोगमा २९ जना,नाक कान घाटीमा १९ जना,छाला तथा यौन रोग सेवामा २० जना, हाडजोनी सेवामा २४ जना बिरामीले जाँच गरेको अस्पतालका मेनेजिङ डाईरेटर दिपक रेग्मीले जानकारी दिए ।
बिशेषज्ञ सेवाको लागी भिडियो एक्सरको लागी मम्स केयर क्लिनिकका बरिष्ठ रेडियोलोजिष्ट डा. ललित कार्की,स्नायु तथा नशा रोग सम्बन्धी समस्याको लागी डा. अन्जन सिँह कार्की, मुटुरोग सम्बन्धी समस्याको लागी शहीद गंगागाल राष्ट्रिय ह्रदय केन्द्र, काठमाण्डौका डा.वर्कादिन खान, स्त्री रोग सम्बन्धी समस्याको लागी ,प्ःऋ हस्पिटलको डा. सुस्मिता श्रेष्ठ,बाल रोग सम्बन्धी समस्याको लागी डा. सुस्मिता जिम्पा लामा, मानसिक रोग सम्बन्धी समस्याको लागी मानसिक अस्पताल पाटनका डा. ईश्वरी खनाल र नाक कान घाँटी सम्बन्धी समस्याको लागी नेपाल प्रहरी अस्पतालका डा. महादेव देउजा,छाला तथा यौन रोगको लागी अर्नु स्यामी आउनुभएको थियो ।
शहीद मेमोरियल अस्पतालको आज एक कार्यक्रम बिच नीलकण्ठ नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका महासंघका अध्यक्ष भीम प्रसाद ढुंगानाबाट शहीदहरुको फोटोमा माल्यार्पण र रिवन काटी औपचारिक सेवा सुभारम्भ भएको थियो । उहाँले सम्बोधनको क्रममा नयाँ ब्यवस्थापनमा अस्पताल संचालन हुनु खुसीको कुरा हो भन्दै बिज्ञ चिकित्सक खोज्न काठमाण्डौ धाउन पर्ने समस्या अन्त्य भएको बताउनु भयो । उहाँले अस्पताल ब्यवस्थापनले बिज्ञ चिकित्सक ल्याई धादिङबासीलाई थप सेवा निरन्तर दिनुपर्ने र नगरपालिकाको तर्फबाट आफुले गर्नुपर्ने समन्वय सहयोग गर्ने बताउनु भयो । उहाँले निजी स्तरबाट संचालित अस्पताल भएकोले छिटो र गुणस्तरीय सेवामा ध्यान दिन अस्पताल ब्यवस्थापनलाई आग्रह गर्नु भएको थियो ।
नयाँ ब्यवस्थापनमा आजबाट औपचरिक सेवा संचालन गरेको अस्पतालले अत्याधुनिक मेसिनबाट ल्याव परिक्षण र भिडियो एक्सरे सेवा सहित दैनिक बिशेषज्ञ सेवा समेत संचालन गरेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |