धादिङ,१० फागुन
धादिङ अस्पतालले न्युनतम सेवा मापदण्डमा ८२ अंक प्राप्त गरेको छ । १ सय बेडभएपछि पहिलो पटक गरिएको न्यूनतम सेवा मापदण्डको विज्ञ समूहले सेवा, प्रशासन र अतिरिक्त सेवाको बारेमा गरेको अनुुगमनबाट ८२ अंक प्राप्त गरेको हो ।न्यूनतम सेवा मापदण्डको प्रकृतिको आधारमा बागमति प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले शुसासन तथा व्यवस्थापन, क्लिनिकल सेवा, र सहयोगि सेवाको विभिन्न सूचकहरुलाई आधार मानेर मूल्यांकन गर्दा ८२ अंक पाप्त भएको मूल्यांकन टोलीका डा. नविन दर्नालले जानकारी दिनुुभयो ।
अस्पताल व्यवस्थापन समिति अध्यक्ष राधिका सापकोटाको अध्यक्षतमा सम्पन भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारी, नीलकण्ठ नगरपालिका नगर प्रमुख प्रमुख भीम ढुंगाना, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे लगायतले धादिङ अस्पतालको सेवा र गुणस्तरको विषयम सुधार हुदै गएको बताउनुभएको थियो । साथै उहाँहरुले आगामी दिनमा अहिले भएको कमीकमजोरीलाई सुधार गर्दैै लैजानको लागि आग्रह गर्नुभएको थियो । अस्पताल प्रति नागरिकहरुको विश्वास बढ्दै गएको भन्दै उहाँहरुले बिरामीले गुनासो नगर्ने वातावरण बनाउनको लागि आग्रह गर्नुभएको थियो ।
विज्ञ समूहले गुणस्तरीय सेवाका लागि लाग्न आग्रह गर्दै सुुझाव पेटिका पहुँचमा राख्नुपर्ने, हेमो डायलासिस सेवाको लागि विग्रेको मेसिन बनाउन मन्त्रालयसंग समन्वय गर्नु पर्ने, विपद व्यवस्थापनका लागि थप आवस्यक सामाग्री व्यवस्थापन गर्नुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने, पुराना सवारी साधन लगायतका काम नलाग्ने भएका सामानको लिलामी गर्नुपर्ने लगायतका सुुभाव विज्ञ टोलिले दिएको छ।न्यूनतम सेवा मापदण्ड कायान्वयन सम्बन्धी सार्ववजनिक कार्यक्रममा विषेशज्ञ सेवा, ल्याब सेवा, एमरजेन्सी सेवा, सुत्केरी सेवा लगायतका सेवाहरुको प्रभावकारीता धेरै रहेको र सेवाग्राहीले समेत खुलेर प्रशंसा गरेको जानकारी दिँदै भवन नयाँ निर्माण गरेर सेवालाई प्रभावकारी बनाउन समेत सुुझाव दिइएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |