धादिङ,१० फागुन
जिल्ला प्रशासन कार्यालय धादिङमा अब नागरिकताको सिफारिस अनलाइनबाटै लिन सकिने भएको छ ।यस प्रणालीले प्रिन्ट गरिएको अनुसूची सिफारिसलाई विस्थापन गर्दै अनलाइन माध्यमबाट नागरिकताको सिफारिस पठाउने सुविधा प्रदान गरेको छ ।धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ बाट यो कार्यक्रम सुरु भएको हो । कार्यक्रम शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माले अनलाइन सिफारिस प्रणालीले नागरिकहरूको सेवा प्रवाहमा महत्वपूर्ण कदम अघि बढेको बताउनुभयो । ‘प्रणालीको आरम्भले कार्यक्षमता र पारदर्शिता दुवैलाई बढावा दिनेछ’ उहाँले भन्नुभयोे– ‘अनलाइन सिफारिस प्रणालीले सेवाग्राहीलाई छिटो र छरितो सेवा प्रवाह गर्न सकिन्छ । नयाँ व्यवस्था लागू भए पछि नागरिकलाई अझ सरल र पारदर्शी सेवा सुविधा प्रदान गर्ने हाम्रो उद्देश्य हो ।’
जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन जाँदा आफ्नो स्थानीय तहबाटै सिफारिस प्राप्त गर्न सक्ने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो । यो सेवा गृह मन्त्रालय अन्तर्गतको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) मार्फत प्रदान गरिएको उहाँले बताउनुभयो ।
सेवाग्राहीको विवरण प्रणालीमा प्रविष्ट गरेपछि सिधै सिफारिस तयार हुने उहाँले बताउनुभयो । प्रिन्ट गरिएको सिफारिसमा वडाध्यक्षको सही र छाप लगाएर सीसीआईएमएसमा अपलोड गरिनेछ । यसपछि सेवाग्राहीले आवेदन नम्बर प्राप्त गर्नेछन् ।
उक्त नम्बरको आधारमा जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन सहज हुनेछ । अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छरितो र प्रविधिमैत्री सेवा प्रवाह हुने, झुटा र किर्ते विवरण भरेर नागरिकता लिने कार्य रोकिने हुँदा यो सेवा प्रभावकारी हुने विश्वास लिइएको प्रजिअ अधिकारीले बताउनुभयो ।धादिङको १०४ वटा वडामा अनलाइन सेवा सुरु गरिने धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनु भएको छ । कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदी, प्रवक्ता एवम वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ, नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोईराला,नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी लगायतले सेवा प्रभावकारी रहने विश्वाससँगै शुभकामना दिनुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |