धादिङ । एसइइमा सहभागि विद्यार्थीले उत्तर जानेर पनि सही तरिकाले नलेखेका कारण अंक थोरै आउने गरेको तथ्यलाई मध्यनजर गरि विद्यार्थीहरुलाई सही तरिकाले उत्तर लेख्न सिकाइँदै छ ।
त्रिपुरा पुस्तक पसल धादिङबेसीको आयोजनामा धादिङका छ स्थानहरुमा विद्यार्थीहरुलाई विज्ञान तथा प्रविधि र सामाजिक अध्यायनमा उत्तर लेख्ने तरिका सिकाइएको त्रिपुरा पुस्तक पसलका प्रोपाइटर नारायणकुमार श्रेष्ठले जानकारी दिनुुभयो ।
विज्ञान तता प्रविधिमा डा. चिन्तामणि पन्थी र सामाजिक अध्यायनमा नारायणप्रसाद खतिवडाले धादिङ्ग जिल्लाका एसइइ तयारी गरिरहेका विद्यार्थीहरुलाई प्रश्न अनुसारको त्तर लेख्ने र गुणत्मक र कलात्मक रुपमा प्स्तुत गर्ने तरिकाहरु सिकाउनुुभयो ।
धादिङबेसी, खानीखोला, बैरेनी, गजुरी र मलेखुुमा एक हजार २ सयभन्दा बढीलाई सिकाइसकेको त्रिपुरा पुस्तक पसलले सल्यानटारमा समेत २ सय भन्दा बढीले जानकारी प्राप्त गर्ने गरि तयारी भएको छ । कार्यक्रममा निजि र सामुदायिक विद्यालयका एसइइ दिने तयारीमा लागेकाहरुले यस्तो कार्यक्रममा सहभागि भएपछि उत्तर लेख्ने शैलीमा सुधार गर्ने अपेक्षा गरिएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |