धादिङबेशी । स्ववियु निर्वाचनका लागि अखिल क्रान्तिकारीको तर्फबाट सभापतिको उम्मेदवारको रूपमा ईश्वरी प्रसाद आचार्यले आफ्नो दाबी प्रस्तुत गर्नुभएको छ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसको परिसरमा आफ्ना प्रतिबद्धताहरू सार्वजनिक गर्दै उहाँले औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
उम्मेदवारी घोषणासँगै आचार्यले क्याम्पसमा शैक्षिक सुधार, पारदर्शिता, र विद्यार्थीको हकहितको सुनिश्चितता आफ्नो प्रमुख एजेन्डा रहेको बताउनुभयो ।
उहाँले बेथिति, भ्रष्टाचार, र राजनीतिक हस्तक्षेप हटाएर क्याम्पसमा गुणस्तरीय शिक्षा र विद्यार्थीमैत्री वातावरण निर्माण गर्ने आफ्नो लक्ष्य रहेको बताउनु भयो ।
कार्यक्रममा उपस्थित विद्यार्थीहरू, क्रान्तिकारी विद्यार्थी नेता तथा समर्थकहरूले ईश्वरीआचार्यको उम्मेदवारीलाई सकारात्मक रूपमा स्वागत गर्दै विद्यार्थीहरूको माग सम्बोधन गर्दै शुल्क वृद्धिको विरोध, पुस्तकालय तथा प्रयोगशाला सुधार, छात्रवृत्तिको प्रभावकारी वितरण, र अतिरिक्त क्रियाकलापहरूमा वृद्धि हुनेमा विश्वस्त रहेको बताउनु भएको थियो ।
स्ववियु निर्वाचन नजिकिँदै गर्दा क्याम्पसमा विभिन्न विद्यार्थी संगठनहरूबीच प्रतिस्पर्धा तीव्र हुँदै गएको छ । अखिल क्रान्तिकारीका उम्मेदवार ईश्वरी आचार्यले आफूलाई विद्यार्थीहरूको हकहितको सशक्त प्रतिनिधिका रूपमा प्रस्तुत गर्दै सबैलाई समर्थन गर्न आग्रह समेत गर्नुभएको छ ।
स्ववियु निर्वाचनमा सहभागी हुन सम्बन्धित क्याम्पसमा पनि बिद्यार्थी संगठन, समूह दर्ता हुनुपर्ने ब्यवस्था रहेको छ ।
निर्वाचन तालिका अनुसार १९ गते सोमबार संघ–संगठनको नाम दर्ता हुने समय तय गरिएको थियो । त्यस्तैगरी, फागुन २१ गते मतदाता नामावली प्रकाशन भैसकेको छ । फागुन २५ गते आइतबार मतदाता नामावलीमाथि दाबी विरोधको समय तय गरीएको छ ।
तालिका अनुसार फागुन २६ गते मनोनयन पत्र वितरण र फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यसूची रहेको छ । स्ववियु निर्वाचन चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ः०० बजेसम्म मतदान हुनेछ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |