धादिङबेशी । ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ज्वालामुखीमा लोकगित प्रतियोगिता सम्पन्न भएको छ ।
गाउँपालिकाका उपाध्यक्ष धर्मराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष याम नाथ दनैको प्रमुख आतिथ्यता रहेको थियो ।
ज्वालामुखी गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा ले संयोजन गरेको लोकगिता प्रतियोगितामा ८ वटा महिला समुहहरु सहभागी भएका थिए । प्रतियोगितामा मिलिजुली आमा समुह वडा न ५ प्रथम, ज्वालामुखी स्वास्थ्य आमा समूह वडा नं. ६ द्धिप्तिय, सातदोबाटो महिला समुह वडा नं.२ तितृय भएका छन् ।
लोकगित प्रतियोगितामा प्रथम, द्धिप्तीय र तृतीय हुन सफल आमा समुहहरुलाई गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रममा प्रमुख अतिथि यामनाथ दनैले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरि सम्मान गर्नुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |