धादिङ, २७ फागुन ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा गृहिणी महिलाहरूको सशक्तीकरणका लागि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय हेटौंडा र नीलकण्ठ नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रम महिलाहरूलाई आत्मनिर्भर बनाउन तथा विभिन्न सामाजिक, आर्थिक र स्वास्थ्य सम्बन्धी विषयमा सचेत गराउने उद्देश्यले आयोजना गरिएको हो।
कार्यक्रम वडा नं. १२ का वडा अध्यक्ष धर्मराज भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो, जहाँ नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा सामाजिक विकास समितिका संयोजक मञ्जु थापा मगर, वडा सदस्य काली रोक्का, सामी मनोविमर्शकर्ता रामकुमार थापा, महिला विकास निरीक्षक निर्मला के.सी. लगायतको उपस्थिति रहेको थियो।
नीलकण्ठ नगरपालिकाले यसअघि वडा नं. ७, ९, १३, १४ मा पनि यस्ता कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ। स्थानीय स्तरमा महिलाहरूको क्षमता अभिवृद्धि गर्दै समाजमा उनीहरूको भूमिका प्रभावकारी बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |