धादिङ,१२ चैत्र
विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विरोधमा धादिङबेसीमा राके जुलुस निकालिएको छ । सरकारले नियोजित रुपमा देशको सच्चा व्यक्तिलाई अपमानित रुपमा बर्खास्त गरेको भन्द निर्णय सच्चाउन माग गर्दै धादिङबेसीमा राके जुलुस निकालिएको हो ।
नेकपा माओवादी केन्द्र निकट वाईसियल धादिङ,अखिल क्रान्तिकारी र तामाङ राष्ट्रिय मुक्ति मोर्चाले संयुक्त रुपमा बिरोधमा उत्रिएका हुन् ।राके जुलुस पश्चातको कोण सभालाई सम्बोधन गर्नुहुदै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामबहादुर भण्डारीले बर्तमान सरकार भष्टचारीलाई जोगाउने र राम्रो काम गर्नेलाई कारबाही गरेको भन्दै तत्तकाल निर्णय सच्चाउन माग गर्नुभयो ।
उज्यालो नेपालका नायक घिसिङले घाटामा गएको विद्युत प्राधिकरणलाई अर्बौ नाफामा लान सफल भएको र १८ घण्टे लोडसेटीङलाई लोडसेटीङ मुक्त गराएको व्यक्तिलाई पुरस्कार दिनुपर्नेमा कारबाही गरेर जनआक्रोस बढाउको बताउनुभयो । विद्युत बक्यौता झिसमिस पारी राष्ट्रलाई घाटा गर्ने र व्यक्तिहरुले फाईदा लिने उदेश्यले यो कदम चालिएको भन्दै यसको चौतर्फी विरोध धईरहेको छ । सहभागीले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |