धादिङ,२५ चैत्र ।
गोरखामा भएको महिला भलिबल प्रतियोगिता नीलकण्ठ नगरपालिकाले जितेको छ । गोरखा नगरपालिकाको आयोजनामा छेवेटार सम्पन्न उपप्रमुख महिला भलिबल प्रतियोगिताको उपाधि नीलकण्ठ नगरपालिकाले हात पार्न सफल भएको हो ।
फाइनल खेलमा नीलकण्ठ नगरपालिकाको महिला टिमले गोरखाको बारपाक सुलिकोट गाउँपालिकालाई २५–१०, २५–११ र २५–१० को सोझो सेटमा पराजित गर्दै शानदार जित दर्ता गरेको हो । यो जितसँगै नीलकण्ठ महिला टिम प्रतियोगिताको च्याम्पियन बनेको छ ।
गोरखा नगरपालिका उप–प्रमुखको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डकोे प्रमुख आतिथ्यता तथा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगाना विशेष आतिथ्य रहेके थियो । नीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नं ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ लगायत गोरखा जिल्लाका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |