धादिङ,३ बैशाख
जिल्ला समन्वय समितिको आयोजनमामा जिल्ला स्तरीय एकीकृत पर्यापर्यटन योजना निर्माण गोष्ठी सम्पन्न भएको छ । जिल्लाको पर्यटन विकास र समृद्धिका लागि तीनै तहका सरकार तथा सरोकारवाला पक्षहरुको उपस्थितीमा गोष्ठी सम्पन्न भएको हो । जिल्लालाई पर्यापर्यटनको क्षेत्रमा कसरी विकास गर्न सकिन्छ भनेर छलफल भएको थियो । आन्तरिक तथा बाह््य पर्यटक भित्राउने उदेश्यल सहित जिल्लाका पर्यटकीय क्षेत्रहरुको पहिचाहन तथा भौतिक संरचना निर्माणको कार्यलाई अघि बढाउने विषयमा छलफल भएको छ ।
जिल्ला समन्वय समितिको प्रमुख नवराज अधिकारीको अध्यक्षतामा भएको गोष्ठिमा कृषि तथा पशुपंन्छी विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।गोष्ठीमा संधिवान सभा सदस्यहरु,पुर्व सांसद,प्रदेश सांसादहरु,गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडी, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. पुष्पराज कडेल, पर्यटन विज्ञ र व्यवसायी,राजनीतिक दलका प्रतिनिधि र स्थानीय तहका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
गोष्ठीमा सहभागीहरूले आ–आफ्नो क्षेत्रमा रहेका सम्भाव्य पर्यटन स्थलहरूको पहिचान, पूर्वाधारको अभाव र आवश्यक रणनीतिहरूका बारेमा छलफल गरेका छन्।यस क्रममा धादिङको पर्यटकीय क्षेत्रको प्रवद्र्धन र दीर्घकालीन विकासका लागि आवश्यक रणनीतिहरूमा पनि विचार विमर्श गरिएको थियो ।कार्यक्रममा मन्तव्य राख्नुहुने प्रमुख अतिथी,विशेष अतिथी तथा अतिथीहरुले धादिङको पर्यटन विकासका लागि पहिचान, योजना, प्रचारप्रसार र पूर्वाधारमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको थियो।
भौतिक संरचना निर्माणको कार्यलाई तीनै तहका सरकार मिलेर सम्पन्न गर्नुपर्ने राय व्यक्त गर्नुभएको थियो ।उद्योग, सेवा, सरसफाइ र सुरक्षा सबै पक्षमा सुधार गर्दै आन्तरिक तथा बाह््य पर्यटक जिल्ला भित्राउने उदेश्य सहित काम गर्नुपर्ने बताउनुभएको थियो ।जिल्ला समन्वय समितिले गोष्ठीबाट प्राप्त सुझावहरूको आधारमा एकीकृत योजना तयार गरी स्थानीय तहसँग समन्वयमा कार्यान्वयन गरिनेछ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |