धादिङ,५ बैशाख
धादिङ नेपाली समाज अमेरिकाको समन्वयमा शुक्रबार रिचार्जेवल ह्विल चियर हस्तान्तरण गरिएको छ। त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटार निवासी कृष्ण बहादुर पाण्डेलाई उहाँकै निवासमा गएर ह्विल चियर हस्तान्तरण गरिएको हो । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष भीम प्रसाद भट्टको अध्यक्षतामा सम्पन्न भएको हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा भुमी आयोग धादिङका अध्यक्ष हरि प्रसाद पन्त,वडा सदस्यहरु,अन्तराष्ट्रिय धादिङ समाजका कोषाध्यक्ष रामकुमार थापा,समाजसेवी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।
धादिङ नेपाली समाज अमेरिका अध्यक्ष टक बहादुर रुवालीको समन्वयमा आर्थिक संकलन गरी १ लाख ४० हजारको रिचार्जेवल ह्विल चियर हस्तान्तरण गरीएको हो ।रिचार्जेवल ह्विल चियर प्राप्त गरेपछि कृष्ण बहादुर पाण्डेले सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।समाजसेवा भनेको यस्तै दुखमा परेकाहरुलाई सहयोग गर्ने काम भएको भन्दै उहाँले आफु जस्तै समस्यामापरेकालाई आवश्यकता अनुसार सहयोग गर्नको लागि आग्रह गर्नुभएको थियो । सहयोग गर्ने सबैलाई भलो होस भन्दै उहाँले आफुलाई ठुलो गुन लगाएको बताउनुभयो ।यसैगरी भुमी आयोगका अध्यक्ष हरि प्रसाद पन्तले सहयोग गर्ने र समन्वय गरी घर सम्म सामान ल्याईदिनुभएकोमा धन्यवाद व्यक्त गर्नुभएको छ ।
परदेशमा गएर पनि आफ्नो मातृभुमी प्रति देखाएको मायाँलाई सम्मान गर्दै उहाँले आगामी दिनमा पनि सहयोग गर्नको लागि आग्रह गर्नुभयो ।यसैगरी कार्यक्रमका प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले धादिङ नेपाली समाज अमेरिका र अन्तराष्ट्रिय धादिङ समाजले विगतदेखीनै जिल्ला र त्रिपुरासुन्दरी गाउँपालिकालाई सहयोग गरेको भन्दै उहाँले धन्यवाद व्यक्त गर्नुभएको छ ।विदेशमा बसेर पनि जिल्लाका दुखपाएका र समस्यामा परेकाहरुलाई सहयोग गर्ने काम आफैँमा परोपकारी भएको भन्दै उहाँले आगामी दिनमा पनि मिलेर काम गर्न तयार रहेको बताउनुभयो । अन्तराष्ट्रि धादिङ समाज र धादिङ नेपाली समाज अमेरिकाले जिल्लामा शिक्षा,स्वास्थ्य र खेलकुदको क्षेत्रमा विगतदेखीने काम गर्दैै आईरहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |