धादिङ,६ बैशाख
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नम्बर १ एक्लेफाटमा भारतीय आइचर र वोलेरो ठोकिदा एक जनाको मृत्यु भएको छ ।काठमाडौंबाट पोखरा तर्फ जादै गरेको बागमती प्रदेश ३–०१–०२३ च ६५८ नम्बरको वोलेरो र UP32TN4198 नम्बर को ईन्डियन आइचर ठोकिदा एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी वोलेरोमा सवार ललितपुरको वागमती गाउँपालिका वडा नम्बर १ का ३४ वार्षिय थुल बाबू थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।दुर्घटनामा परि घाइते भएको थिङको काठमाडौंको ट्रमा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको वोलेरोमा सवार ५ जना मध्ये ४ जना सकुशल रहेको छ्न । ईन्डियन आइचर भारत उतर प्रदेश मोहमदपुर खलाका ४० वार्षिय कमलेस कुमार यादवलाई नियन्त्रणमा लिएको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |