धादिङ,१० बैशाख
नारी जागरण केन्द्रद्वारा समुह तथा वडा प्रतिनिधिहरुको लागी पहिलो चरणमा आयोजित व्यवसायीक सचेतनना तालिम बुधबार सम्पन्न भएको छ । घर तथा समाजमा हुने हिंसा निवारणको लागी महिला आफै सक्षम,सवल र आत्मनिर्भर बन्नको लागी व्यवसायिक सिप हुन जरुरी रहने भएकोले निलकण्ठ नगरपालिका अन्तर्रगतका वडाका किसानी महिला प्रतिनिधिहरु,समुहका प्रतिनिधिहरुको सहभागितामा तिन दिने तालिमको आयोजना गरिएको नारी जागरण केन्द्रले जानकारी दिएको छ ।नीलकण्ठ नगरपालिकासंगको साँझेदारी र नारी विकास सहकारी संस्थाको व्यवस्थापन सहयोगमा पहिलो चरण वैशाख ७ गतेदेखी ९ गतेसम्म ३५ जनाको सहभागितामा चालिम सम्पन्न भएको हो । यसैगरी दोस्रो चरणको तालिम वैशाख १० देखी १२ गतेसम्म ३५ जनालाइृ तालिम सन्चालन गरिनेछ । वैशाख १८ देखी २२ सम्म समितिका सदस्य,कर्मचारी र समुहका प्रतिनिधिहरु ३५ जनाका लागी सिप मुलक मादल बजाउने तालिमको आयोजना गरिएकोको केन्द्रका कार्यकारी निर्देशक भगवती उप्रेतीले जानकारी दिनु भयो ।
नीलकण्ठ नगरपालिकाकाभित्रका किसानी महिलाहरुको क्षमता विकास गरी समुदायमा महिला हिंसा विरुद्धको अभियान तथा आर्थिक सामाजिक सांस्कृतीक अधिकारका बारेमा सचेतना जगाउने उद्देश्यले सशक्तिकरण सम्बन्धी ३ दिने तालिम सन्चालन गरिएको हो ।
केन्द्रकी अध्यक्ष तथा संरक्षक चित्रकुमारी भण्डारीको अध्यक्षता तथा निलकण्ठ नगर प्रमुख तथा नेपाल नगरपालिका महासंघका अध्यक्ष भिम प्र.डुंगानाको प्रमुख आतिथ्यमा तालिमको उद्ध्घाट गरिएको थियो । उद्ध्घाटन समारोहमा धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे,जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरिक्षक दिपेन्द्र शाहीको विशेष आतिथ्यता रहेको थियो ।कार्यक्रममा नि.न.पा.वडा न. ३ का पुर्व वडाध्यक्ष तथा प्र.सामुदायिक सेवा समितिका अध्यक्ष होमनाथ रिजाल,नगरपालिका महिला बालबालिका शाखाकी निरिक्षक निर्मला केसी,धादिङका क्रियासिल संन्चारकर्मीहरु,विभिन्न महिला समुहका अध्यक्ष तथा प्रतिनिधिहरु, संस्थाका पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई संवोधन गर्नु हुदै मेयर ढुंगानाले तालिममा सिकेका विषय र सिपलाई व्यवहारमा उतार्न आग्रह गर्नु भएको थियो । स्थानीय सरकार तथा गैरसरकारी संस्थाले यस्था जिवन उपयोगी सिप तथा सचेतना तालिम बेला बेलामा संन्चालन गर्दा तालिमका सहभागीहरुले तालिम लिने र व्यवहारमा भने लागु नगर्ने प्रवृर्ति देखिएकोले आफुले पाएका ज्ञान र सिपलाई आफुनो घरमा लागु गर्न सके त्यसले आर्थिक उन्नती,प्रगति र जिवनमा सकारात्मक परिवर्तन आउने बताउनु भयो ।तालिममा निलकण्ठ नगरपालिकाका पशु विकास शाखाका अधिकृत कासी राज रेग्मी,सुवास खतिवडा र राजेश कोईराले व्यवसायीक सचेतना बाख्रापालन सम्वन्धि, नारी जागरण केन्द्र की कार्यकारी निर्देशक भगवती उप्रेतीले लैंगिक तथा घरेलू हिंसा ,समुह व्यवस्थापन र मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले जिल्ला प्रहरी कार्यलयका प्रमुख एवं प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले साईबर क्राइम सम्वन्धि,मनोसामाजिक प्रशिक्षक रामकुमार थापाले मनोसामाजिक र केन्द्रका कार्यकारी निदेशक भगवती उप्रेतीले घरेलु तथा लैंगिक हिंसा विरुद्धको विषयमा सहजीकरण गर्नुभएको थियो ।
तालिम ३ फÞरक सहभागिता रहेको समुहमा वैशाख ७–९ मा ३५ जना,वैशाख १०–१२ ३५ जना र वैशाख १८–२२ मा ३५ गरी १०५ जना निलकण्ठ नगरपालिका १४ वटै वडाका किसानी महिला प्रतिनिधि,नारी जागरण का १४ वटै वडाका महिला समुह, सहकारीका प्रतिनिधि लगायको सहभागिता रहने छ ।त्यस्तै सिपमुलक तथा मानसिक तनाव व्यवस्थापनको लागी मादल बजाउने तालिमको सहजकर्ता भने सम्वन्धित क्षेत्रका प्रशिक्षक जिल्ला बाहिरबाट ल्याईने भएको आयोजक संस्था केन्द्रले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |