नेकपा माओवादी केन्द्रले शान्तिपूर्ण ढङ्गले आन्दोलनरत शिक्षकहरू र समाचार सङ्कलन गरिरहेका सञ्चारकर्मीमाथि नृशंस दमन भएको भन्दै सो घटनाको भर्त्सना गरेको छ । आइतबार सो पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ : ‘विद्यालय शिक्षा ऐनलगायतका माग राखेर शान्तिपूर्ण ढङ्गले आन्दोलनरत शिक्षकहरू र समाचार सङ्कलन गरिरहेका सञ्चारकर्मीमाथि भएको नृशंस दमनको हाम्रो पार्टी घोर भर्त्सना गर्दछ। नेपाल शिक्षक महासङ्घको नेतृत्वमा विगत २५ दिनदेखि सडकमा ओर्लिएका देशभरका शिक्षकसँग छलफल गरी समस्या समाधान गर्नुको सट्टा दबाउन उद्यत हुनु निन्दनीय छ।’
शिक्षकहरूमाथि भएको सरकारी दमनले गुरु वर्गको मात्र नभइ समस्त बौद्धिक जगतको आत्मसम्मानमा चोट पुगेको बताउँदै सो पार्टीले यो कार्य सरकारको विवेकशून्य र गैरजिम्मेवारीको पराकाष्ठा भएको समेत आरोप लगाएको छ । साथै समस्या समाधान गर्न सर्वोच्च अदालतले गरेको आदेशको ठाडो उल्लङ्घन समेत भएको सो पार्टीको ठहर छ ।
सो पार्टीले गम्भीर घाइते भएका शिक्षकहरू एवं सञ्चारकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।आइतबार आन्दोलनरत शिक्षक र प्रहरीबिच झडप हुँदा दर्जनौँ शिक्षक कर्मचारी र प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की घाइते भएकी थिइन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा विभिन्न माग राखेर २५ दिनदेखि देशभरका शिक्षकहरु राजधानीमा आन्दोलनरत छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |