धादिङ, १५ बैशाख ।
नीलकण्ठ नगरपालिकामा १ महिने गार्मेन्ट मेशिन अपरेटर तालिम संचालन गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, बैदेशिक रोजगार बोर्डको सचिवालयको आर्थिक सहयोग, नीलकण्ठ नगरपालिकाको संयोजन तथा सहकार्य र कान्तिपुर वहु प्राविधिक शिक्षालय, भरतपुर चितवनको प्राविधिक सहयोगमा तालिम संचालन गरिएको हो ।
बैदेशिक रोजगारमा रहेका व्यक्तिहरूको परिवारको सदस्यहरू, बैदेशिक रोजगारमा जान चाहेको व्यक्तिहरू, बैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरू र सुचिकृत वेरोजगार व्यक्तिहरूलाई सिप प्रदान गरी देशमा नै रोजगारीको सिर्जना गर्नका लागि र उद्यमी वनाउने उद्देश्यका तालिम संचालन गरिएको हो ।
एक महिना अवधि रहेको तालिममा कुल २० जनाको सहभागीता रहेको छ। तलिमको प्रशिक्षण गिता गुरूङले गर्नुभएको छ ।
तालिममा बैदेशिक रोजगारमा रहेका व्यक्तिहरूको परिवारको सदस्यहरू, बैदेशिक रोजगारमा जान चाहेको व्यक्तिहरू, बैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरू र सुचिकृत वेरोजगार १८ बर्ष पुरा भई ४५ वर्ष सम्मको व्यक्तिहरू सहभागिता रहेको छ ।
कान्तिपुर वहु प्राविधिक शिक्षालय, भरतपुर चितवनका पाठकको अध्यक्षतामा भएको तालिम उद्धघाटन कार्यक्रममा नीलकण्ठ नगरपालिकाका नगर उपप्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्य तथा नीलकण्ठ नगरपालिकाका रोजगार संयोजक अर्जुन कुमार श्रेष्ठको विषेश आतिथ्य रहेको थियो ।
नीलकण्ठ नगरपालिका भित्रका वेरोजगार व्यक्तिहरूलाई कुक, वेटर, इलेक्ट्रिसियन, पल्म्विङ, डकर्मि व्युटिसियन, फेशन डिजायनर तालिम सन्चालन भई रहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |