नीलकलण्ठ नगरपालिकाको नगरसभाले पारित गरेर अध्ययन भ्रमणको लागि गएको कुरालाई विरोेध गर्नुको कुनै अर्थ नभएको नगर प्रमुख भिम प्रसाद ढुङगानाले बताउनु भएको छ ।अन्तर नगपालिकाको सिकाई आदान–प्रदान गर्ने उदेश्यले गरिएको भ्रमणलाई व्यक्तिगत रुपमा विरोध गर्नु दुखको कुरा भएको बताउनु भएको हो। मेयर ढुङगानाले भन्नुभयो,“रमाईलो गर्न भन्दा पनि सिकाई आदान प्रदान गर्ने र नमुनाकामलाई हाम्रो नगरपालिकामा लागु गर्ने उदेश्यले गएको हो,केहि सन्चार माध्यममा नकारात्मक कुरा आउनु राम्रो भएन,हामी सबैको सहमती सँगै नगरसभाले निर्णय गरेर गएको हो”।
अन्य नगरपालिकाकाबाट पनि अन्तर नगरपालिका भ्रमण भएको प्रति ईंकित गर्दै उहाँले नराम्रो मात्र देख्ने आंँखाहरुले कहिल्यै राम्रो देख्न नसकेको विचार व्यक्त गर्नुभयो। नगरपालिकाको नगरसभाको बैठकले पारित गरेको भन्दै उहाँले सबै नगरकार्यपालिकाका सदस्यहरुको सल्लाह र सुझाव अनुसारनै भ्रमण गएको बताउनु भएको हो ।नगरपालिका वा वडा कार्यलयको काममा कुनै समस्या नभएको भन्दै उहाँले निमित्त जिम्मेवारी दिएको कुरा थाहा नपाएको जस्तो गरेर समाचार बाहिर ल्याउनु नै गलत भएको धारणा राख्नुभयो।भ्रमणको क्रममा नेपालगंज उप–महानगरपालिका,कोहलपुर नगरपालिका र चन्दननाथ नगरपालिकामा अन्तरक्रिया कार्यक्रम गरिएको भन्दै केवल रमाईलो मात्र गर्नको लागि नगएको बताउनु भएको हो ।नगरपालिका भित्रका युवाहरुलाई स्वरोजगारी बनाउनको लागि मेयर उद्यमशिलता कार्यक्रम सन्चालन भएको भन्दै उहाँले सबै यस अभियानमा जोडिनको लागि आग्रह गर्नुभएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर १ खाल्टेमा सन्चालन भएको ७ दिने मेयर उद्यमशिल तालिम सामापन समारोहमा बिहिबार बोल्दै ढुङगानाले सो कुरा बताउनु भएको हो ।
नीलकण्ठ नगरपालिकाको वडा नम्बर १ का वडाध्यक्ष गणेश बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाको प्रमुख आतिथ्य रहेको थियो ।कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप–मेयर मनराज भण्डारी(शैलेस)को विशेष आतिथ्यमा तालिम सम्पन्न भएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै उप मेयर भण्डारीले मेयर उद्यमशिल कार्यक्रम कुनै राजीनिक कार्यक्रम नभएको भन्दै उहाँले सबैलाई जानकारी गराउनुपर्ने विचार व्यक्त गर्नुभयो ।७ दिने सम्म सन्चालन भएको तालिममा प्रशिक्षक राजकुमार रानामगरले विषय बस्तुमाथि सहजिकरण गर्नुभएको थियो । तालिममा वडा नम्बर १ का २२ जना युवाहरुको सहभागिता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |