किभ, १५ चैत
युरोप काउन्सिलको संसदीय सभामा युक्रेनको प्रतिनिधिमण्डलकी प्रमुख मारिया मेजेन्तसेवाले रुसी सेनाले महिलामाथि बलात्कार र यौन दुर्व्यवहार गरेको दाबी गरेकी छिन् ।
स्काइ न्यूजसँगको एक अन्तर्वातामा उनले भनिन्, ‘त्यहाँ एउटा मुद्दा छ, जुन हालै धेरै चर्चा गरिएको थियो किनभने यो अभियोजनकर्ताको कार्यालयमा रेकर्ड गरिएको र अगाडि बढिरहेकाे छ । हामी विवरणहरूमा जाँदै छैनौँ । तर, यो एकदम डरलाग्दो दृश्य हो । राजधानी किभनजिकै एउटा सहरमा एक नागरिकलाई उसको घरमा गोली हानेर मारिएको थियो । ’
उनले अगाडि भनिन्, ‘मलाई यो भन्न दुःख लागिरहेको छ कि उनलाई साना बच्चाहरुकै अगाडि बलात्कार गरिएको थियो । मादक पर्दाथले उत्तेजित सिपाहीले परिवारको घरमा पसेपछि श्रीमानको हत्या गरेको र आफ्नी पत्नीलाई बारम्बार बलात्कार गरेको युक्रेनका अभियोजनकर्ता जनरल इरिना भेनेदिक्टोभाले बताएका छन् ।
अभियोजनकर्ताले सार्वजनिक गरेको यो एउटा मुद्दाभन्दा पनि धेरै पीडितहरू छन । -एजेन्सी
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |