काठमाडौं, १५ चैत
परराष्ट्रमन्त्री डा नारायण खड्काले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)लाई जीवन्त राख्न सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।
श्रीलंकाको कोलम्बोमा मंगलबार बिमस्टेकको १८औं मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले बिमस्टेकमा केही ठोस कार्य गर्ने बेला आएको समेत जनाए ।
‘बिमस्टेकलाई जीवन्त राख्न नयाँ संकल्प, सामूहिक प्रतिबद्धता र ठोस कार्यहरुको आवश्यक छ,’ परराष्ट्रमन्त्री डा खड्काले सम्बोधनका क्रममा भने ।
उनले सामान्य दृष्टिकोणबाट टाढा रहनु पर्ने जनाउँदै वर्तमान चुनौतिहरु अनुरुप नवीन मार्गहरु निर्माण गर्दै अघि बढ्नुपर्ने बताएका थिए ।
परराष्ट्रमन्त्री डा खड्का बिमस्टेकको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार श्रीलंकाको राजधानी कोलम्बो पुगेका हु्न् । कोलम्बोमा मंगलबार विहान परराष्ट्रमन्त्री डा खड्का र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |