काठमाडौं, १८ चैत
एमबीबीएस अध्ययनका लागि लिने प्रवेश परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएका छन् । काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा नक्कली परीक्षार्थी भेटिएका हुन् । उनीहरूलाई पक्राउ गरेर ल्याउने काम भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाका अनुसार काठमाडौं र भक्तपुर जिल्लाबाट पाँच जनाभन्दा बढी नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । ‘हामीले पाँच जना भन्दा बढी नक्कली परीक्षा समाएका छौं । अहिले भेरिफाई गर्ने काम भइरहेको छ । पक्राउ परेकाहरूलाई महाशाखा ल्याउने काम पनि भइरहेको छ । केही समयमा यकिन तथ्यांक आउँछ,’ एसपी कोइरालाले भने ।
चिकित्सा शिक्षा आयोगले आजदेखि चिकित्सा अध्ययनका लागि प्रवेश परीक्षाको परीक्षा सञ्चालन गर्दै आएको छ । पक्राउ परेका मध्ये केही नक्कली परीक्षार्थी नै छन् भने केही परीक्षार्थी नै भएका तर, अर्का व्यक्तिलाई परीक्षा दिन लगाएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । स्नातक तहको एकीकृत प्रवेश परीक्षा आज भोलि र पर्सि गरेर तीन दिन हुनेछ ।
स्नातक तहको एकीकृत प्रवेश परीक्षामा ३४ हजार ६६५ परीक्षाहरू सहभागी हुनेछन् । आज पहिलो दिन १९ हजार ५०८ जना परीक्षामा सहभागी भएका छन् । त्यसका लागि काठमाडौं उपत्यकाका तीन वटा जिल्लामा मात्र परीक्षा केन्द्र तोकिएका छन् । परीक्षाका लागि उपत्यकामा १११ परीक्षा केन्द्र तोकिएको आयोगले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |