धादिङ,१८ चैत
मकवानपुर प्रहरीले मकवानपुरको छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगर हेटौंडाबाट खटिएको टोलीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटे चेकपोष्टबाट ४ ग्राम खैरोहिरोइन र १३ ट्याब्लेट नाईट्रोभेट सहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका–१४ का २९ बर्षीय बलराम गुरुङ रहेका छन् । बीरगञ्जबाट हेटौंडा आउँदै गरेको प्र.३–०२–००६ प २६१४ नम्बरको मोटरसाइकल चेकिङको क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले हेटौंडा–२ संगमचोकबाट २ ग्राम ७५० मिलिग्राम खैरोहिरोइन सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौंडा–१५ का २३ बर्षीय राजेश खाती र राक्सिराङ गाउँपालिका–३ का २० बर्षीया आयुषा ठकुरी रहेका छन् । प्रहरीले ना ४३ प ८६५१ नम्बरको मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |