काठमाडौं, २० चैत
‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ मा धनगढीको नवजीवन को-अपरेटिभ्स लिमिटेड जोडिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना हुने अवार्डमा नवजीवन सहप्रायोजकको रूपमा जोडिएको हो ।
नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य विराज रोस्यारा र नवजीवन को-अपरेटिभ्स लिमिटेडका अध्यक्ष देवबहादुर बमबीच प्रायोजनसम्बन्धी सम्झौता भएको छ ।
अघिल्लो संस्करणमा पनि साथ दिएको को-अपरेटिभ्सका अध्यक्ष बलमे आगामी दिनमा पनि खेलाडीहरूको हौसला बढाउने कार्यक्रमलाई सहयोग गर्ने बताए । नवजीवन को-अपरेटिभ्स लिमिटेड नेपालकै बैंकिङ कारोबार गर्ने पहिलो सहकारी हो ।
अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी छ । ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणको मुख्य प्रवर्द्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् छ ।
त्यस्तै वर्षको पुरुष खेलाडी विधालाई काठमाडाैंको मास ह्युम रिर्सोस र वर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । सह-प्रायोजकमा केल्मी रहेको छ ।
विभिन्न ८ विधामा दिईने अवार्डको तेस्रो संस्करणको तयारी तीव्र रूपमा भइरहेको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइनेछ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ।
यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |