काठमाडौं, २८ चैत
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ १४ पैसा र बिक्री दर १२१ रुपैयाँ ७४ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३१ रुपैयाँ ७८ पैसा र बिक्री दर १३२ रुपैयाँ ४३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५७ रुपैयाँ ८८ पैसा र बिक्री दर १५८ रुपैयाँ ६६ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ५९ पैसा मात्र र बिक्री दर १३० रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ३२ पैसा र बिक्री दर ९० रुपैयाँ ७७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ८५ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ७४ पैसा र बिक्री दर ९ रुपैयाँ ७९ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ तिन पैसा र बिक्री दर १९ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ३० पैसा र बिक्री दर ३२ रुपैयाँ ४६ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ २३ पैसा र बिक्री दर ३३ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८५ पैसा र बिक्री दर ९ रुपैयाँ ९० पैसा कायम भएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |